एमाले अध्‍यक्ष ओली अस्वस्थ

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोले स्वास्थ्यमा समस्या देखिएको अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् । अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको समेत उनले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्