मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको उनले बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्