रवि लामिछानेका कार्यकर्ताले जलाए कान्तिपुर दैनिक

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् । आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् । बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम्‌ गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्‍न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्