अर्थ राजनीति ~ केही समयदेखि निश्चित बिन्दुमा तलमाथि गरिरहेको (साइडबेज मुभमेन्टमा) नेप्से परिसूचक १८६८ को न्यून बिन्दुबाट बढ्ने प्रयासमा देखिएको छ। तर, अझै पनि नेप्सेको दिशा स्पष्ट नभएको प्राविधिक विश्लषणहरूले देखाउँछ। गत साता भने बजार परिसूचक नेप्से ३४.६८ अंकले घटेर १८८२ मा बजार बन्द भएको छ। सातामा कारोबार रकमका समेत ११ प्रतिशतले घटेको छ। अघिल्लो साता चार दिनको कारोबारमा पाँच अर्ब ८५ करोड रूपैयाँको सेयर किनबेच भएकोमा यस साता बजार खुलेको पाँच दिनमा ५ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो। औषत दैनिक कारोबार रकम भने २९ प्रतिशतले घटेको छ। यसबाहेक बजारको वृद्धिलाई सघाउने गरी बजारमा तरलता प्रवाह हुन सकेको छैन। मूल्य वृद्धिले मानिसहरूको क्रय शक्तिमा प्रभाव पारिरहँदा विश्वव्यापी रूपमा आर्थिक मन्दिको सम्भावना समेत देखिएकोले यसको प्रभाव पनि बजारमा देखिएको छ। साताको दोस्रो दिन १८६८ सम्म पुगेर बजार फर्किएकोमा अन्तिम दिनसमेत त्यो बिन्दुसम्म नपुगी फर्किने प्रयासमा देखिएको छ।अझै पनि प्रवृत्ति भने स्पष्ट छैन। त्यसैले आइतबारको कारोबार हेरेर मात्रै लगानी निर्णय लिनु सही हुन्छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति