समानुपातिक मत : माओवादीलाई उछिन्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा कायमै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ। नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्। सोमबार बिहान ८ बजेसम्म नेकपा एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाएको छ। समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७ सय ५८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ५६ हजार २ सय ७० मत परेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६ सय ३९, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४ सय ६८, जनमत पार्टीले २ लाख ५६ हजार ४६ र नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २ सय ९२ मत प्राप्त गरेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत कटाउँदा लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार मत ल्याएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्