अर्थ राजनीति ~ प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। ७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २,२१,६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १,९८,७६९ (२५.४४ प्रतिशत) मत पाएको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १,०१,७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ। चौथो स्थानमा रहेको माओवादीले ९२,१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१,९०१ मत ( ६.६४ प्रतिशत) मत पाएको छ। जनता समाजवादी पार्टीले १६,८५६ (२.१ प्रतिशत) मत पाएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले १६,१७६ नेपाल मजदुर किसान पार्टी १३,६१७, नेकपा (एकीकृत समाजवादी) ११,९५६, नागरिक उन्मुक्ति पार्टी १०,४६८ मत पाएको छ। अन्य दलहरूले ४६,०३६ मत पाएका छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति