अब मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका बिहीवारदेखि लागू गरेको छ । गत साउन २६ गते संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । उक्त निर्देशिकाका सम्बन्धमा सरोकारवालाहरूबाट थप राय सुझाब संकलन गरी तीन महिनापछि निर्देशिका लागू गरेको हो ।यो निर्देशिका लागू भएसँगै हाल मर्जर तथा प्राप्ती प्रकृयाका कारण रोक्का रहेको कम्पनीहरूको शेयर कारोबार फुकुवा हुनेछ । बोर्डले निर्देशिका प्रारम्भ हुनु अघि मर्जर तथा प्राप्त प्रयोजनका लागि रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनी वाहेकका अन्य शेयरको कारोबार फुकुवा हुनुपर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था बमोजिम आधारभूत शेयरधनी वाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरण सहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रिय निक्षेप सेवा प्रदायक संस्था सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड समक्ष निवेदन पेश गर्नुपर्नेछ । सम्बन्धित कम्पनीको निवेदनको आधारमा नेप्से र सिडिएससीले आधारभूत शेयरधनीवाहेकको शेयर कारोबार तत्काल खोल्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।यस अघि मर्जर तथा प्राप्ती सम्झौता गरेको जानकारी नेप्सेलाई गराएसँगै कारोबार रोक्का हुने व्यवस्था थियो । अब भने मर्जर तथा प्राप्ती सम्झौता गरेको ६ महिनाभित्र एकिकृत कारोबार गर्नुपर्ने भएको छ । एकिकृत कारोबार भएको मितिदेखि गाभ्ने संस्था वा प्राप्त गर्ने संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगाएका कामका लागि बढीमा १५ कार्यदिन शेयर करोबार रोक्का राख्ने व्यवस्था गरेको हो । प्राप्त गर्ने संस्थाको शेयर कारोबार रोक्न नपर्ने व्यवस्था समेत बोर्डले तयार गरेको प्रारम्भिक निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्