“प्रधानमन्त्रीको उम्मेदवार हुन सांसद जित्नुछ ” : महामन्त्री थापा

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएका छन्। चुनावी घरदैलोका क्रममा थापाले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताए। थापा मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। ‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन। यसको एउटा बाटो छ। हामी निर्वाचित भएर सांसद बन्छौं। सांसद बनेपछि तीमध्येबाट संसदीय दलको चुनाव हुन्छ। त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो,’ उनले भने, ‘जो कांग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’ प्रधानमन्त्रीको उम्मेदवार हुन संसदीय दलको नेता जित्नुपर्ने र त्यसका लागि पहिले सांसद जित्नुपर्ने थापा बताउँछन्। उनले चुनावी घरदैलोमा जाँदा आफ्नो पक्षमा माहोल देखिएको पनि दाबी गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्