प्रचार-प्रसारको भीडले कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय

Machchapuchchre

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले निर्वाचन प्रचार प्रसारमा कोभिड प्रोटोकल पालनाका लागि आग्रह गरेको छ। भीडभाडमा जनस्वास्थ्यका मापदण्ड पालना नभए नयाँ भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यसबाट बच्नका निम्ति जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निर्वाचन प्रचार-प्रसार गर्न मन्त्रालयले आग्रह गरेको छ।‘ठूलो संख्यामा मानिसहरू जम्मा हुनु भनेको समान्या अवस्थामा समेत जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै हो। अझ कोरोना संक्रमण अझै कायम रहेको अवस्थामा भीडभाड हुँदा नयाँ भेरियन्टको संक्रमण हुने जोखिम छ,’अधिकारीले भने, ‘संभावित जोखिमलाई ध्यानमा राखेर हामीले मास्कको प्रयोग गर्नुपर्छ। कोरोना खोप नलगाएका व्यक्ति त्यस्ता भीडभाडमा जानुहुँदैन। ‘हालसम्म कोरोनाविरूद्धको खोप २ करोड ३३ लाख बढीले लगाएको सहायक प्रवक्ता अधिकारीले बताए। खोप नलगाएका व्यक्तिहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले आग्रह पनि गरेको छ। कोरोना बाहेक अन्य संक्रामक रोगहरू समेत फैलिने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्