” निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ ” : डा. महत

Machchapuchchre

अर्थ राजनीति ~  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनु भएको छ । बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनाव हुँदैन भन्नेहरुले समेत मंसिर ४ गते भोट हाल्न पाउने बताउनुभयो ।कांग्रेस अन्य दलका नेता जस्तो धेरै नबोली थोरै बोल्ने र प्रचार नचाहने पार्टी भएको बताउनु हुँदै महतले पार्टी सभापति शेर बहादुर देउवाले जम्मा ५ मिनेट बोल्ने र ओली जस्तो धेरै बोल्ने नभई काम गर्ने गरेको भए पनि कांग्रेसले आफैंले गरेको कामको प्रचार नगर्ने तर अरु गर्ने गर्दा कांग्रेसको चर्चा बढि नभएको बताउनुभयो ।४ क्षेत्रको बारामा १ बाहेक तीन क्षेत्र गठबन्धनलाई छाडेकाले गठबन्धनका उम्मेदवार नै कांग्रेसका आधिकारिक उम्मेदवार भएकाले दायाँबायाँ नगरी मत दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अहिले देशभरी नै गठबन्धन भएकोले बारा–४ मा उम्मेदवार छैन् भनेर दुःख मान्नुपर्ने अवस्था नरहेकोले किसान श्रेष्ठ, जितेन्द्र सोनाल र अनिल श्रेष्ठनै कांग्रेसको उम्मेदवार भएकोले खुलेर सहयोग गर्नुपर्छ ।’प्रवक्ता महतले समानुपातिक निर्वाचनतर्फ भने कांग्रेसको रुख चिन्हमा नै मतदान गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । एमालेले जनतालाई ललिपप देखाएर फकाउने गरेको भन्दै महतले एमालेले धेरै सपना देखाएको तर एउटै काम पुरा नगरेको आरोप लगाउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्