प्रतिनिधि-प्रदेशसभा निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै

Machchapuchchre

अर्थ राजनीति  ~  ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् । आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ । आयोगले निर्वाचन प्रयोजनमा छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), मतपेटिका, छपाइसम्बन्धी (पोलबुक तथा कार्ड), लाह छाप, सुरक्षण सिल, रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), स्ट्याप्लर मेसिन, स्ट्याप्लर पिन, छेकबार, स्ट्याम्प प्याड र मसी, मार्कर, सिसा कलम, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, स्केल तथा कैंची, जेलपेन (कालो र रातो), मार्कर पेन, पन्चिङ मेसिन, कार्ड होल्डर, सलाई, धागो, ग्लुस्टिक तथा कोरा कपडा, डोरी, सियो, खापसियो, मैनबत्तीलगायतका सामग्री खरिद गरेको  जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्