अर्थ राजनीति ~ एकीकृत समाजवादी पार्टीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउँदै छ ।
पार्टीले आज पार्टी दर्ताको प्रमाणपत्र पाएर निर्वाचन आयोगमा दर्ता गरेको हो ।
गत वर्ष माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट पार्टी फुटेको थियो ।
आयोगले गत वर्ष भाद्र ९ गते पार्टीलाई प्रमाणपत्र दिएको थियो ।
पार्टी प्रवक्ता जगनाथ खतिवडाले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरेको जानकारी दिए ।
उनले पार्टीका विभिन्न समितिमा २ लाखभन्दा बढी सदस्य आबद्ध भएको पनि जानकारी दिए ।