अर्थ राजनीति ~सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिएको बताए ।
स्वदेशमा रोजगारी नहुँदा ज्यान जोखिममा राखेर युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउँदै उनले यसलाई अन्त्य गर्न सरकारले विभिन्न किसिमका गतिविधिहरु गरिरहेको बताए ।
सरकारका प्रवक्ता कार्कीले देशको विकासका लागि बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसैबीच मन्त्री कार्कीले आज सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ६ र ८ को बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गरेका छन् ।
मन्त्रिपरिषद्ले उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको र बाढी प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउने तयारी भइरहेको बताए ।