प्रधानमन्त्री देउवाले गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन्

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीको निधनको खबरप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले हिजो राति ट्वीट गर्दै भनेका छन्, ‘मेरो मित्र नेपाली कांग्रेसका नेता तथा नेपाली राजनीतिका समाजवादी चिन्तक प्रदीप गिरिजीको निधनको खबरले म अत्यन्त स्तब्ध भएको छु ।

नेता गिरीको निधनले नेपालले सच्चा र असल नेता गुमाएको उनले बताए ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलले आफ्ना सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

स्वर्गीय गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरुको पार्थिव शरीर भोलि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल ललितपुरमा राखिने पनि विश्वकर्माले जानकारी दिए ।

त्यसैगरी, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पार्थिव शरीरलाई नेपाली काँग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, सानेपा ललितपुरमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि पार्टी नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विसं २००४ मा सिरहामा जन्मिएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय भए ।

क्यान्सरबाट पीडित उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्