अर्थ राजनीति ~ सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज मंसिर १० गते हुने निर्वाचनमा सिट बाँडफाँड गर्न ।
कार्यदलमा कांग्रेसबाट तीन र अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालबाट दुई–दुई जना सदस्य रहेका छन् ।
आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि बनेको कार्यदलले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकमा नियुक्त गरेको थियो ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ दलहरूबीच सिट बाँडफाँड गर्न कार्यदललाई जिम्मा दिइएको छ ।