राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

Machchapuchchre Bank

अर्थ राजनीति  ~ राप्रपाले शनिबार प्रतिनिधि सभा क्षेत्रहरूमा विरोध प्रदर्शन गरेको छ।

नेपाल भरी  किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, खाना पकाउने ग्यास, मागसहित राप्रपाले प्रदर्शन गरेको छ ।

ष्टाचार नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था , विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएको थियो।

राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्