वैदेशिक रोजगारीमा ठगिएका सम्पर्कमा आउनु श्रम मन्त्रालय

Machchapuchchre

अर्थ राजनीति  ~ वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को पैसा असुल्ने गरेको र  पैसा  लिएर विदेश नपठाएको र विदेशमा अलपत्र पारेको लगायतका विषयलाई सरकारले अनुसन्धान गरिरहेको बताउदै मन्त्रालयले त्यस्ता गतिविधिमा सम्लङन नहुन आग्रह गरेको छ।

वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी रुप्ले अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट अनुगमन र अनुसन्धान भइरहेको बताउदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका गैरकानूनी क्रियाकलाप तुरुन्त नरोकेमा सक्दो कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

रोजगार  मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आज  रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका नेपाली लाई तत्काल नेपाल सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्