तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । मंगलबार बैंकहरुले १ खर्ब ४६ अर्ब ४७ करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अन्तर बैंंक ब्याजदर नीतिगत दरभनदा २ प्रतिशत तलमाथि भए मात्रै रिपो र रिभर्स रिपो मार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने बताएका छ । मौद्रिक नीतिले नीतिगत ब्याजजदर ७ प्रतिशत बनाउन बताएका छ । मंगलबारको बैंकहरुको औसत अन्तरबैंक ब्याजदर साढे ८ प्रतिशत रहेको छ । मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्था परिपत्र आएपछि मात्रै कार्यन्वयनमा जाने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्