अर्थ राजनीति ~ श्रीलङ्काको प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति गोटाबय राजपक्षले आफूले राजीनामा दिन लागेको पुष्टि गरेका छन्। प्रदर्शनकारीहरूले शनिवार धावा बोलेर प्रधानमन्त्री तथा राष्ट्रपति दुवै जनाको सरकारी निवास आफ्नो नियन्त्रणमा लिएका थिए।प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू आफू ती स्थानबाट त्यत्तिकै बाहिर ननिस्किने अडानमा छन्।शनिवार संसद्का सभामुखले राष्ट्रपतिले जुलाई १३ बुधवारका दिन राजीनामा दिने बताएका थिए।तर धेरै प्रदर्शनकारीहरूले उक्त घोषणाबारे आशङ्का व्यक्त गरेका थिए। प्रधानमन्त्री रनिल विक्रमसिङ्घको कार्यालयले सोमवार एउटा विज्ञप्ति प्रकाशित गर्दै राजपक्षबाट उनले बुधवार पदत्याग गर्ने आधिकारिक सूचना प्राप्त भएको जनाएको छ। तर राजपक्ष आफैँले यसबारे केही बोलिसकेका छैनन्। श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा स्वीकृत हुन सक्छ। तर अहिलेसम्म उनले राजीनामा बुझाइसकेका छैनन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति