रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

Machchapuchchre

अर्थ राजनीति  ~  रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका लागि भएको युद्धले राजनीतिक स्वार्थलाई बढावा दिँदै गएपनि जनता हार्ने क्रम रोकिएको छैन् । मानवता निख्रिदै गएको दृश्यप्रति दुवै पक्ष गम्भीर बनेका छैनन् । बरु शक्ति राष्ट्रको गोटी बन्ने क्रम बढ्दा आफ्नै जनताप्रति निर्दयी हुने प्रतिस्पर्धा बढेको छ । बाहिर हेर्दा रुस र युक्रेनको युद्ध देखिएपनि यसले विश्वकै अर्थतन्त्रमा प्रभाव परेको छ । खानेतेल र इन्धनमा देखिएको मूल्यवृद्धिले आयातित अर्थतन्त्रमा टिकेका नेपाललगायत विश्वका थुप्रै देश प्रभावित भएका छन् । युद्ध कहिले पूर्णविराम लाग्छ भन्ने अनिश्चित छ । युद्धकाबीच युक्रेनका अधिकांश शहरहरु भग्नावशेषमा परिणत भइसकेका छन् । हजारौं निर्दोष नागरिकले ज्यान गुमाइसकेका छन् । अझ नागरिकलाई बन्दुक बोकाएर युद्धमा उक्साउने युक्रेन सरकारको रणनीतिले निर्दोष नागरिक मृत्यु अँगाल्न बाध्य छन् । सन् २०२२ को २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा हमला गने औपचारकि घोषणा गरिरहदा रुसी वायुसेनाको एक टुकडीले युक्रेनमा आक्रमण गरिसकेको थियो । जसमा सुरुमा युक्रेनको सैनिक अखडा ध्वस्त बनाइसकेको थियो । राजधानी किभमा सयौंको संख्यामा हतियारधारी रुसी सेना प्रवेश गरिसकेका थिए । त्यतिनै बेला विश्वका कयौं राष्ट्रहरुले युक्रेनले केही घण्टामाा नै रुस समक्ष घुँडा टेक्ने अन्दाज लगाएका थिए । तर त्यसो भएन । युद्धको लाभाले देशलाई खरानी बनाउँदा पनि दम्भ सेलाएको छैन । युक्रेनबाट ८० लाखले देश छोडिसकेका छन् । कलाकारिताबाट राजनीतिमा उदाएका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की देशले बहुआयामिक क्षति व्यहोर्दा पनि हठ छोडेका छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जुनसुकै मूल्यमा पनि बन्दुक बिसाउने मूडमा देखिदैनन । युद्धअघि दुश्मनका बारेमा राम्रो जानकारी नलिएको खण्डमा युद्धले वर्षौंको समय लिन्छ भने झै आखिर त्यही सत्य सावित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्