नेपाल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा पहिलो बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्घिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्घिको आधारमापनि बैंक पहिलो स्थानमा रहेको छ । जेठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्घि भएको छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्घि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्घि भएको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्