प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेस

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ।  शुक्रबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेस गरेका हुन्। तर, एमालेका सांसदहरूले भने उठेर त्यसको विरोध गरिरहेका थिए। यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरूले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गरेका थिए। राष्ट्रिय सभाको बैठक यही असार ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्