एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

Machchapuchchre Bank

अर्थ राजनीति  ~  राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने बताए । त्यसक्रममा उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्