अर्थ राजनीति ~ अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ। केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले पनि प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति