अर्थ राजनीति ~ राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजण्डा छोडेमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुने बताएका छन्। बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापमा असम्भव रहेको बताए। ´लिङ्देन नेतृत्वको पार्टीले राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छोडे पार्टी एकता गरेर नेतृत्व पनि हस्तान्तरण गर्छु,` उनले भने। थापाले असम्भव एजेन्डाको पछि नलागी सही एजेन्डा बोकेर अगाडि बढ्न सुझाव दिए। उनले असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनाको मुद्दा छोड्न आग्रह गरे। थापाले हिन्दू राज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने बताए। बहुमत जनता अहिले पनि हिन्दू राज्यको पक्षमा रहेकोले यो विषयमा जनमत संग्रह गर्नुपर्ने उनको भनाइ छ। वर्तमान संविधान संशोधन गरेर सहमतिबाट सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने अन्यथा जनमत संग्रहबाट यो विषय टुंगाउनुपर्ने संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने तथा प्रत्यक्ष निर्वाचन प्रणालीले देशमा भ्रष्टाचार समेत मौलाएको भन्दै समानुपातिक निर्वाचन प्रणालीको पक्षमा राप्रपा नेपाल रहेको उनले बताए। आफूले पार्टी छाड्नुको प्रमुख कारण पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप नै भएको बताए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति