बिहीबार प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  साताको चौथो कारोबार दिन विहीबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समयमा नेप्से २ अंकले बढेर २०८२.४४ विन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ पनि ०.८२ अंकले बढेको छ। कारोबार भएका १४ कम्पनी मध्ये १० कम्पनीको सेयर मूल्य बढेको हो। दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ भने अन्य दुईवटाको मूल्य स्थिर रहेको छ। मूल्य बढेका १० कम्पनीका लगानीकर्ताले प्रि-ओपनिङमा नै १ प्रतिशत भन्दा धेरै कमाएका छन्। विन नेपाल लघुवित्तका लगानीकर्ताले करिब २  प्रतिशत गुमाएका छन्। उक्त अवधिमा आइसीएफसी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४६ हजार २०० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । विहीबार यस अवधिमा १४ कम्पनीको ३४६ कित्ता सेयर किनबेच हुँदा एक लाख ६९ हजार बढी कारोबार भएको हो। बुधबार अप्रत्यासित रुपमा फराकिलो अंकले नेप्से बढेपछि बिहीबर प्रि-ओपनिङ सेसनमा लगानीकर्ताको उत्साह देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्