मोरङका उद्योगी-व्यवसायी आन्दोलित, अर्थमन्त्री शर्माको राजिनामा माग

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले आन्दोलनकामे चेतावनी दिएका थिए । अहिले उद्योगी व्यवसायीसँगै हजारौँ मजदुर सडकमा उत्रिएका छन् । उनीहरु कोशी राजमार्ग अन्तर्गत हुलास वायर अगाडी विराटनगर–इटहरी सडक खण्ड अवरुद्ध गर्दै आन्दोलित बनेका हुन् । आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा समेत मागेका छन् । प्रदर्शनका कारण करिब २ घण्टा सडक अबरुद्ध भएको थियो। गत २२ मे २०२२ बाट भारत सरकारले आफ्नो मुलुकमा फलामजन्य सामाग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चा पदार्थ अर्थात् एमएस वायर रडको निर्यातमा १५ प्रतिशत अन्तःशुल्क लगाएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटबाट भन्सार महशुलमा ५ बाट १० प्रतिशत तथा अन्तःशुल्कमा २ हजार ५०० बाट ४ हजार ५०० प्रति मेट्रिक टन कायम गरेकाले नेपाली उद्योगहरु धरासायी बन्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यस्तै उद्योगीहरुले सेनेटरी प्याड उत्पादन गर्ने उद्योगमा पनि बजेटले बन्द हुने अवस्थामा पु¥याएको उद्योगी पवन सारडाले बताए । ‘सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरूले प्याकिङ मेटेरियलमा ३० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तःशुल्क र कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुल तिरी उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘सरकारबाट हालै प्रस्तुत बजेटबाट तयारी वस्तु (सेनिटरी प्याड)को आयातमा भन्सार महसुल १५ प्रतिशतमा ९० प्रतिशत घटाइ १.५ प्रतिशत कायम गरिएको छ । जसका कारण स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गरी विक्री वितरण गर्दा सस्तो पर्न जान्छ । यसबाट स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्