सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार प्रतितोला २ सयले बढ्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। सुन तोलामा २ सय रुपैयाँ बढेको छ। सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९८ हजार रुपैयाँ थियो। गत साता न्युनतम ९७ हजार ८ सय र अधिकतम ९८ हजार २ सयसम्म भएको थियो। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला १२ सय ८० रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको असर स्थानीय बजारमा परेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्