” देउवाले आफ्नै पार्टी सिध्याउन लाग्नुभयो ” : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् । आइतबार चितवनमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन् भनेर प्रश्न समेत गरे । उनले कांग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकिर गरे । प्रचण्डले केही दिनअघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरित हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गरे । उनले प्रचण्डले सिर्जना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनि निर्वाचन आयोगले भनेपनि कारबाही भने गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले कांग्रेस नेताहरुले जसलाई भोट मागे पनि हुने तर कार्यकर्ताले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताए । कार्यक्रममा राप्रपाका नेता विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरुबीच एकतावद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अघि बढेको बताए ।
अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहिताको कार्यान्वयन आपैले पालना गर्न सुझाव दिए । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको बताए । उनले ठूला नेताहरुले आचारसंहिता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्