युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~  रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो । रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त विमानस्थलमा प्रहार गरिएको जनाएको छ । यता युक्रेनले भने विमानस्थलमा भर्खरै निर्माण गरिएको धावनमार्गमा आक्रमण गरेको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ओदेसाका क्षेत्रीय गभर्नर माक्सिम मारचेन्कोले रुसले क्राइमियाबाट प्रहार गरेको ‘बास्तियन’ क्षेप्यास्त्रबाट धावनमार्गमा आक्रमण गरेको जनाएका छन् । यद्यपि यसको तत्काल स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले जनाएको छ । त्यस्तै, रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले खारकिभ क्षेत्रमा युक्रेनका दुई सुखोइ सु २४ एम बमवर्षक लडाकु विमान खसालेको दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्