बैंक निक्षेप : नौ दिनमा २२ अर्ब रुपैयाँले घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप उच्च दरले घट्न थालेको छ। चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाख ९ गतेसम्म आउँदा ४३ खर्ब ६७ अर्बमा झरेको छ। यो भनेको २२ अर्बको गिरावट हो। पछिल्लो एक सातामा मात्रै १० अर्बले निक्षेप घटिसकेको छ। निक्षेपको तुलनामा ऋण भने एकदमै थोरै मात्र घटेको छ। चैत मसान्तदेखि वैशाख ९ गतेसम्म ऋण ३ अर्बले घटेको छ। एक सातायताको मात्र कुरा गर्ने हो भने ऋण एक अर्बले घटेको छ। चालु आर्थिक वर्ष कुल निक्षेप १६६ अर्बले वृद्धि भएको छ। यस अवधिमा ऋण ४७३ अर्बले बढेको छ। पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्