माछापुच्छ्रे बैंक वित्तीय सूचकमा अब्बल बन्दै

Machchapuchchre

अर्थ राजनीति   ~  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोकेका हरेक प्यारामिटरहरु पूरा गरेको छ । चालु आ.व को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले प्रमुख सुचक रिटर्न अन इक्विटी (आरओई) १४.४४ प्रतिशत कायम गरि दोस्रो नम्बरमा रहेको छ । बैंकको कुल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ र कुल इक्विटी १४ अर्ब ३२ करोड ६१ लाख ६५ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । यस आधारमा बैंकको आरओई अन्य समकक्षी बैंकभन्दा अगाडि रहेको छ । तेस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ४१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस बैंकले निक्षेप र कर्जातर्फ क्रमशः ७.१९ र १५.५० प्रतिशतको प्रगति हासिल गरेको छ ।

नाफा बढेसंगै माछापुच्छ्रे बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसाले बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै बैंकले १३.७० प्रतिशत पुँजीकोष अनुपात कामय गरि कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ । समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८९.१३ प्रतिशत, कस्ट अफ फण्ड ७.५६ प्रतिशत, आधार दर ९.६३ प्रतिशत, प्रतिसेयर नेटवर्थ रु. १३९.६७, पीई अनुपात १३.४४ गुणा कायम भएको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत बैंकले आफ्ना १३ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्