” काँग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ ” : नेता सिंह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । “आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति काँग्रेसले मात्र गर्नसक्छ”, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई आग्रह समेत गरे । नेता सिंहले संसदमा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्