सुनको मूल्य लगातार बढ्दै, बुधबार प्रतितोला ६ सय बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ  निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ पुगेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर बुधबार प्रतितोला  एक हजार  ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार  ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।अन्तराष्ट्रिय बजारमामा पनि सुनको मूल्य उकालो लागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्