” नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन ” : पूर्व गभर्नर डा. नेपाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।”उनले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको सुनाए । उनले भने, “गभर्नर पनि सरकारले नै बनाउने हो । नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो । देशमा वित्तिय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो । वित्तीय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नु हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ । सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ । मेरो बेलामा पनि भएको थियो । समन्वय नै गरेर अघि बढ्नुपर्छ ।”उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । उनले कोभिडपछिको अवस्थामा केन्द्रीय बैंकबाट सपोर्ट भएको बताए । समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तीय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आजपनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए । उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने, “सरकारले एक किसिमले अहिले गर्भनरलाई निलम्बन गरेको छ । उहाँमाथि आरोप लागेको छ । आरोपहरु प्रमानित नहुन पनि सक्छ । यो आरोप लाग्ने र लगाईने कुरा आफ्नो ठाउँमा छ । अमेरिकाजस्तो देशमा पनि टसल हुन्छ । पार्टीहरुका आर्थिक राजनीतिक एजेण्डा हुन्छन् तर, केन्द्रीय बैंक भनेको सधैं कडा रुपमा प्रस्तुत हुनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्