गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, भागवण्डाबारे छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

साेमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेकाे थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्