संविधान दिवसमा घोषणा गरिएका विभूषण राष्ट्रपतिले वैशाखमा प्रदान गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभूषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिवसका दिन ९०३ जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थिएन । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शीलतनिवासमा समारोह हुनेछ । घोषित विभूषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्