केपी ओलीको पार्टी एमालेलाई धुलो चटाउछौं : माधव नेपाल

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिनुभएको छ ।

सोमबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उक्त चेतावनी दिनुभएको हो ।

अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह प्रति जनताको आकर्षक बढेकाले अबको निर्वाचन सरकारमा आबद्ध दलहरूले मात्र विजय गर्ने दाबी गर्नुभयो ।

राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गर्नुभयो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्