नेपाल बैंकले देशैभरी भब्य रुपमा मनायो “ग्लोबल मनि विक”

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाल बैंक लिमिटेडले देशै भरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बागमती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५ हजार सहभागी रहेका थिए । नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोही अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरी नै सञ्चालन हुने बैंकले जनाएको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ । नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरी कारोवार गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन बढिरहेको बैंकको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्