अर्थ राजनीति ~ बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?
