अर्थ राजनीति ~ नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्नुभएको छ । बुधबारका तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर बैठक बोलाउन आग्रह गर्नुभएको हो । भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको नेताहरुले बताएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति