डा. भट्टराई : “१० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त “

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् । प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन् ,” चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला? विचार गरम्” । पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्