अर्थ राजनीति ~ पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्र सेटिङ गरेर क्याफे सञ्चालनको अनुमति लिने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अवैध संरचना निर्माणमा सहयोगी बनेका संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अनुसन्धान गरेर कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार गरेको छ । मन्त्रालयले दुवै निकायलाई बुधबार पठाएको पत्रमा उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १४७ अनुसार कारबाहीका गर्न आग्रह गरिएको छ । यो संहितामा राष्ट्रिय तथा सार्वजनिक सम्पदा क्षेत्रमा स्वीकृति नलिई भोगचलन गर्न नपाइने व्यवस्था गरिएको छ । उक्त कसुर प्रमाणित भएमा दाहाल र बतासलाई तीन वर्षसम्म कैद सजाय हुनेछ । पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार कार्यकारी निर्देशक दाहालले राजीनामा दिइसकेकाले उनीमाथि थप अनुसन्धान र कारबाहीको माग गरिएको छ । उनी दोषी ठहरिए भ्रष्टाचार मुद्दामा कारबाही हुनुपर्ने व्यहोरा पत्रमा लेखिएको छ । त्यस्तै, बतास समूहले तोकिएभन्दा बढी क्षेत्र ओगटेर मिलेमतोमा सम्पदा क्षेत्रमा संरचना निर्माण गरेकाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाही गर्न प्रहरीलाई पत्र पठाइएको छ । पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेको र कुशलतापूर्वक जिम्मेवारी निर्वाह नगरेको उल्लेख गरिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति