मोदीले बोलाए आपतकालीन बैठक, लकडाउन हुनसक्ने

Machchapuchchre

अर्थ राजनीति   ~  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ । संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए । दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए । उनले औषधि, अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्