२८ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो ।  आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले यहीँ पुस १८ गते दिउँसो २ बजेभित्र निक्षेप माग गर्न सक्नेछन् ।  बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले २२ करोड ४६ लाख रुपैयाँ पाउनेछन् भने ‘ख’ वर्गका विकास बैंकहरुले ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुले बढीमा १ करोड ४० लाख रुपैयाँ निक्षेप पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्