अर्थ राजनीति ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ । कामपाका अधिकांश कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले फसाएको भन्दै काम गर्न छाडेका छन् । महानगरका कर्मचारी रामप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कर्मचारी साथीहरू फसेको हामीले महसुस गरेका छौं । अब कुनै पनि विषयमा दबाबमा कार्यालयको निर्णय नगर्नुहोला, म पनि गर्दिनँ ।’यस्तो अवस्थामा महानगर समस्यामा गुज्रिएपछि कर्मचारीमा काम गर्ने जाँगर हराएको छ । यहाँसम्म कि पाँच दिनदेखि महानगरको नक्सा स्वीकृतिको काम ठप्प छ । चेक काट्ने बन्द भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा महाशाखाका निमित्त प्रमुख वीरबहादुर खड्काविरुद्ध मुद्दा दायर गराएपछि नक्सा स्वीकृतिको काम ठप्प भएको छ । नक्सापासपछि अन्तिम स्वीकृत प्रदान गर्ने खड्काविरुद्ध मुद्दा परेपछि कसैलाई पनि निमित्त दिइएको छैन । कामपाका कर्मचारीले सम्झौता प्रक्रियामा सक्रिय भएर लाग्ने प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली कार्यालयमा कम देखिन थाल्नुभएको छ । उहाँकै कार्यशैलीको कारण कर्मचारीलाई काम गर्न समस्या परेको कर्मचारीले बताएका छन् । अहिले सबै काम रोकिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति