” लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा ” : के.सी.

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ । मोर्चाका अध्यक्ष केसीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा र नेकपा एमाले गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध एकजूट भएको आरोप लगाउनु भएको हो । के.सी.ले भाजपाले नेपालको वर्तमान संविधान स्वीकार नगरेको र हालै राप्रपामा पूर्व राजाको समर्थनमा राजेन्द्र लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा भएको जिकीर गर्नुभएको हो । त्यस्तै, महाधिवेशनबाट शक्तिशाली अध्यक्ष बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि भाजपासँग निकट बनेको दाबी गर्दै एमालेले बहुमत ल्याएको अवस्थामा मुलुकमा प्रतिगमनको खतरा बढ्ने जिकीर पनि केसीको विज्ञप्तिमा गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्