नेपाल क्लियरिङ हाउसलाई ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनको स्वीकृति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट परियोजना अन्तर्गत पहिलो चरणको ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनका लागि नेपाल क्लियरिङ हाउसलाई अन्तिम स्वीकृती प्रदान गरेको छ। नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि उक्त स्विकृती प्रदान गरिएको हो। स्वीचमा आबद्ध हुन बैंक/वित्तियसंस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।  विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै स्वीच स्थापनापछि भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआरलगायत माध्यमबीच अन्तरआवद्धता बढाउँदै नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन सहयोग पुग्ने अपेक्षा छ। स्वीच सञ्चालनमा आएपछि नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपालक्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने क्लियरिङ हाउसले बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्