राष्ट्र बैंकले २ अर्बभन्दा बढी निक्षेप वित्तीय प्रणालीमा पठाउँदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले एक वर्षको लागि मुद्दती निक्षेपमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ वित्तीय प्रणालीमा पठाउँदैछ । राष्ट्र बैंकले सोमबार जारी गरेको सूचना अनुसार क, ख र ग वर्षका वित्तीय प्रणालीमा एक वर्षे मुद्दती निक्षेपका रुपमा उक्त रकम पठाउन लागेको हो । उक्त रकम वाणिज्य बैकरुमा एक अर्ब ८० करोड ९० लाख रुपैयाँ २०७८ मंसिर १ गतेदेखि २०७९ मंसिर १ गतेसम्मका लागि मुद्दती निक्षेपका रुपमा राख्न लागेको छ । त्यस्तै, विकास बैंकहरुमा ३३ करोड ८० लाख रुपैयाँ ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा राख्ने छ । साथै फाइनान्स कम्पनीहरुमा ११ करोड २० लाख रुपैयाँ एक वर्षे मुद्दतीमा राख्नका लागि सूचना जारी गरेको छ । उक्त रकमलाई वित्तीय संस्थाहरुले मुद्दती निक्षेपका रुपमा राख्न चाहनेहरुले कात्तिक २२ गतेभित्र उपलब्ध गराउन ब्याजको दर सहित आवेदन दिन आवहान गरेको छ । उक्त रकम लिने वित्तीय संस्थाहरुको न्युनतम पुँजीकोष कायम भएको हुन पर्ने छ भने निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम हुन पर्ने सर्त रहेको छ । त्यस्तै, घरजग्गामा राष्ट्र बैंकले तोकेबमोजिमभन्दा माथि हुन नहुने, खुद तरल सम्पत्ति निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा कम हुन पर्ने रहेको छ । त्यस्तै, राष्ट्र बैंकले उक्त वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही नगरेका हुन पर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख  छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्