अर्थ राजनीति ~ नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै बारले आन्दोलन घोषणा गर्ने भएको हो । अहिले निर्णयका लागि बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो । नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन दिनपछि नै आन्दोलनको कार्यक्रम तय गर्नका लागि बैठक बसेको हो । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति